0

गान्धी र सेक्स

प्रदीप गिरी

गान्धीलाई मानिसको जीवनको प्रत्येक पक्षमा गहिरो रुचि थियो । त्यसमा पनि उनीलाई सेक्समा विशेष रुचि देखिन्छ । गान्धीजी सेक्स र ब्रह्मचर्यका विषयमा आजीवन प्रयोगरत रहन्थे । एउटा शुद्ध सत्याग्रहीले ब्रम्हचारी हुनुपर्छ भन्ने उनको धारणा थियो । तदनुरूप उनले आप\mनो सत्याग्रही जीवनको प्रारम्भमा नै ब्रह्मचर्यको पालन गर्ने प्रयास थालेका थिए । तर, यो ब्रत पूर्णरूपले सफल हुन सकेन । तर, यसबाट गान्धीको संकल्प झन् कडा भयो । १९०६ मा गएर उनले पूर्ण ब्रह्मचर्यको प्रतिज्ञा गरे । त्यसबेला उनी ३७ वर्षका थिए । पूर्णब्रह्मचर्यको प्रतिज्ञापछि गान्धीजीले सत्याग्रहको नेतृत्व गरे । यो कुरो दक्षिण अपिmकाको हो । यस किसिमको ब्रह्मचर्य भारतका योगी-सन्यासीहरूले लिने गरेको सुनिएको/देखिएको कुरो हो । तर, यस्ता योगी-सन्यासीहरू आइमाईंको छायाँबाट नै पर भाग्दछन् तर, गान्धीजी यस किसिमको पलायनलाई भने कायरताको संज्ञा दिन्छन् । गान्धीजी आफ्नो दैनिक व्यवहारमा आइमाइर्ंसँग तर्सँदैन थिए । अझ आप\mनी स्वास्नीसित सँगै एउटा कोठामा सुत्ने चलन पनि गान्धीले छाडेनन् । यसले गर्दा गान्धीजीलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो । निकै पछि उनले राजकुमारी अमृता कौरलाई आप\mनो यस अप्ठ्यारोका बारे पत्रमा लेखेका थिए- 'मलाई सबभन्दा कठिन काम वासनाका उपर विजय प्राप्त गर्नुमा परेको छ । मैले वासनाका विरुद्ध निरन्तर संघर्ष गरिरहेको छु । आजसम्म जेनतेन सफल हुन सकेकोमा म यसलाई एउटा चमत्कार नै ठान्दछु ।' गान्धीजी कामवासनाको मोर्चामा अनेकांै रूपमा संघर्षरत देखिन्छन् । खानपिन र उठबसका बानी-व्यहोराले कामवासनालाई तताउँछ भन्ने गान्धीको निष्कर्ष थियो । मानिसका विभिन्न इन्दि्रयहरू आपसमा अन्तरसम्बन्धित छन् । एउटा इन्दि्रयले अर्कोलाई उत्तेजित गर्दछ । अझ यसमा पनि भोजन र वासनाको गाढा सम्बन्ध हुन्छ । चिल्लो-चाप्ल्ाो, मीठो, मसलेदार खाना र दूधले विशेष गरेर वासना भड्काउँछ भन्ने गान्धीजीको ठहर थियो । यसैले गान्धी आप\mनो खानपिनका मामलामा बडो सतर्क थिए । गान्धीजीले आजीवन खानपिनका बारेमा अनेकांै प्रयोग गरिरहे । यस्ता सबै प्रयोग ब्रह्मचर्यको लक्ष्यलाई ध्यानमा राखेर गरिन्थ्यो । खानपिनबाहेक खालि दिमाग पनि लहडी हुन्छ र कामवासनापट्ट िआकृष्ट हुन्छ । यसैले गान्धी आफूलाई प्रत्येक घडी व्यस्त राख्दथिए । यसबाहेक नियमित स्नान राम-नाम र भजन-प्रार्थनाले पनि आफू आत्म-नियन्त्रणमा रहन सकेको कुरो गान्धीले बताएका छन् । कामवासनाकोे नियन्त्रणका दृष्टिकोणले मानव-शरीरका प्रति सही दृष्टिकोणको विकास बडो आवश्यक छ भन्ने गान्धीजीको धारणा छ । यो शरीर के हो ? शरीरलाई आनन्दको साधन र यसका प्रत्येक इन्दि्रयहरूलाई भोग र तृप्तिको माध्यम सम्भिmने व्यक्तिले कामवासनाबाट मुक्ति प्राप्त गर्न सक्दैन । तर, शरीर, इन्दि्रयहरूको भूमिकाका बारे आप\mनो दृष्टिकोण बदल्न सकिन्छ । त्यसो भएको खण्डमा वासनाका उपर विजय गर्न सजिलो हुन्छ । भन्छन्- 'हाम्रा जनेन्द्रीयहरू यौनतृप्तिका निम्ति मात्र बनेका होइनन् । हामीले यो बुझ्नु आवश्यक छ । वासनाको उपर नियन्त्रण गर्न आवश्यक छ । अनि मात्र वासनाका उपर नियन्त्रण गर्न सजिलो हुनेछ ।' यी र यस्तै अरू प्रयोगमूलक निष्कर्षपछि गान्धीको ब्रह्मचर्य विषयक विचारको विकास हुँदै गयो । गान्धी आप\mना अनुभवबाट अनुशासनका नयाँ नियम र उपनियमहरू बनाउँदै गए । यस क्रममा आप\mना विचारमा अनेकौं सुधार र परिस्कार गरेको कुरा गान्धी उल्लेख गर्दछन् । तर, त्यति हुँदाहुँदै पनि गान्धी आप\mना कमजोरीप्रति जागरुक थिए । उनले १९२६ मा भनेअनुसार उनको शारीरिक ब्रह्मचर्यमा कुनै खोट थिएन । तर, आप\mनो मनलाई पूर्णतः नियन्त्रण राख्न नसकेको कुरा गान्धी स्वीकार गर्दछन् । मनमा बडो नजानिँदो तौरबाट नचाहिँदा विचारहरूले अधिकार जमाउने चेष्टा गरेको कुरो गान्धी बारम्बार उल्लेख गर्दछन् । तर, आप\mनो शारीरिक आत्म-नियन्त्रणका बारे गान्धीलाई पूर्ण आत्मविश्वास थियो । यसैले गान्धी आइमाईसितको सम्पर्क र संसर्गबाट परहेज गर्दैन थिए । खास गरेर आप\mना केही केटीचेलीहरूको काँधमा हात राखेर घुम्नु-हिँड्नु उनीलाई विशेष पि्रय थियो । गान्धीको यस किसिमको बानी-व्यहोरा कतिपय देशवासीलाई मन पर्दैन थियो । विभिन्न मानिसले उनको यस्तो चलनको आलोचना गरे । सेप्टेम्बर १९३५ मा गान्धीले यस्ता आलोचनाको कदर गर्ने निर्णय सुनाए । 'मैले त्यति नगरिदिँदा यिनीहरूको चित्त बुझ्दछ भने बेसै भयो त, म त्यसो नगरी दिउँला' भन्ने गान्धीको भनाइ थियो । तर, गान्धी आप\mनो निर्णयमा अडिग रहेनन् । मात्र दुई वर्षपछि गान्धी आप\mनी पत्नी सुशीला नायर र मनु गान्धीजस्ता केही निकटस्थ युवतीहरूका साथ त्यसरी नै हिँडेको देखिए । मानिसले फेरि आलोचना सुरु गरे । गान्धीले आलोचनाको जवाफ दिए- 'कोसित कसरी हिँड्नुहुन्छ वा हुँदैन, त्यो मेरो आत्माले ठहर गर्ने कुरा हो । अब हुँदाहुँदा यी आलोचनाहरू मेरी स्वास्नी र चेलीबेटीसित हिँडेकोमा पनि टीकाटिप्पणी गर्दछन् भने मलाई केही भन्नु छैन ।' १९३६ को वर्ष भने गान्धीका निमित्त निकै अप्ठ्यारो ठहरियो । अघिल्लो वर्षभरि गान्धीले कठोर परिश्रम गरेका थिए । वर्षभरि नै उनी मुस्किलले दैनिक चार घन्टा सुते होलान् । परिणामस्वरूप डिसेम्बर १९३५ मा उनी बिरामी परे । तर, उनको कठिन दिनचर्यामा कुनै परिवर्तन आएन । फलतः जनवरी १९३६ मा उनी नराम्ररी थला परे । उनी उपचार र विश्रामका लागि बम्बई बस्न थाले । बम्बईमा यस्तै विश्राम कालमा एकपटक फेरि उनमा कामवासनाको उदय भयो । उनले स्वयंमा आफंैले आफूद्वारा प्रकाशित पत्रिका हरिजनमा आप\mनो यस समस्याको सविस्तार वर्णन गरे । त्यस लेखमा आप\mनो कठोर आत्मालोचना गरेका छन् । तिनताक नै उनले आप\mना एउटा साथीलाई तलका कुरा लेखे- 'यो शरीरलाई धेरै पुलपुल्याउनु हुँदैन । यसले खोजेको कुरा खान दिनु खतरनाक छ । अझ परिश्रम नगरी बस्ने हो भने झन् उत्पात नै गर्दछ । मेरा शरीरले उत्पात गरेको कारण राम्ररी मलाई थाहा छ । यसैले अब म डाक्टरको सल्लाह मान्दिनँ । अब डाक्टरले भनेसरह म आराम नगर्ने भएको छु ।' उपर्युक्त कुरा लेख्दा गान्धी ६७ वर्षका थिए । फेरि योभन्दा पनि ठूलो उत्पाद फेरि दुई वर्षपछि भयो । १४ अपि्रल, १९३८ का दिन गान्धीले आफूलाई स्वप्नदोष भएको घोषणा गरे । यसपटक भने उनी दुःखी भए । उनले आप\mनी शिष्या मेडलिन स्टयेडरलाई लेखे- '१४ अपि्रलको यो घृणित, फोहर तथा दुःखदायी घटनाले मलाई चकनाचुर बनाएको छ ।' यसपछि गान्धी ठूलो निराशाको खाल्डोमा खसे । गान्धीलाई एक किसिमको अपराध बोधले निकै दिनसम्म ग्रस्त गर्‍यो । उनको आत्मविश्वास हरायो । यसबाट उनको राजनैतिक कार्यक्षमतमा पनि प्रभावित भएको देखिन्छ । उनले तिनताका नै जिन्नासित लामो र कठिन वार्तालाप गर्नुपर्ने थियो । गान्धीले यो वार्ता गर्न पनि चासो देखाएनन् । उनले जिन्नालाई भेट त गरे तर, वार्ताको महत्त्वपूर्ण अंग नेहरूलाई जिम्मा लगाइयो । मानौं, गान्धीमा पुरानो आत्मविश्वास अब थिएन । गान्धीले आप\mना निकटस्थ सहयोगीसित यो अपि्रल घटनाको विषयमा चर्चा गरे । उनीहरूका नजरमा यो एउटा निजी मामला थियो । यस कुरोको सार्वजनिक चर्चा-परिचर्चा उचित थिएन । तर, गान्धीले मानेनन् । गान्धीले यस घटनाका बारे हरिजनमा एउटा लेख लेखे । गान्धी आफूलाई एउटा सार्वजनिक मानिस ठान्दथिए । सार्वजनिक मानिसको हरेक अनुभव र प्रयोग जनताको सम्पति हुन्छ । यसैले गान्धीले आप\mनो स्वप्नदोष लुकाउन चाहेनन् । उनको लेख हरिजनमा छापिएपछि उनले अनेकांै थरिका सल्लाह पाए । मिराबेन र अमृता कौर गान्धीका नजिकका महिला मित्र थिए । दुवैले गान्धीलाई आइमाईहरूको संगतबाट टाढा रहनुपर्ने सल्लाह दिए । सर्वसाधरण आइमाई मात्र होइन, आप\mनानजिकका नातागोतासमेतबाट पनि टाढा रहनुपर्छ भन्ने उनीहरूको भनाइ थियो । पत्नी वा डाक्टर पनि टाढै रहेकोमा ब्रम्हचारीलाई सजिलो पर्दछ । अझ मिराबेनले अर्को एउटा कुरा थपिन् । अपि्रलको त्यो घटना अनौठो र अस्वाभाविक होइन । गान्धीले सुसुप्तावस्थामा कुनै सँगै सुतेकी महिलाको घाँटीतिर हात पुर्‍याएको उनले देखेकी रहेछिन् । मिराबेनले यसको उल्लेख गरिन् । संक्षेपमा भन्दा गान्धीको कामवासना निर्मूल भएको रहेनछ भन्ने कुरोको यो थप प्रमाण थियो । गान्धीलाई यी सल्लाहले प्रभावित गर्‍यो । कामवासनाको चेतना अब हरायो भन्न साँच्चै गाह्रो रहेछ भन्ने कुरा उनले स्वीकार गरे । सचेतन मनमा कामवासना देखिएन भनेर ढुक्क हुन नहुने रहेछ । मानिसले जान्दानजान्दै पनि कामवासना मस्तिष्कको अँधेरो कुनामा लुकेर रहने रहेछ । गान्धी अब यस अचेतन गतिविधिप्रति पनि सतर्क भए । आप\mनो अचेतन मनको फोहर र अँधेरा कुनालाई साफ-सुग्घर बनाउँन अब गान्धीले विशेष ध्यान दिन थाले । विस्तारै गान्धीको आत्मविश्वास बलियो हुँदै गयो । केही दिनपछि गान्धीको पुरानो दिनचर्या पुनः कायम भयो । गान्धी फेरि महिला कार्यकर्तासँग सामान्य सम्बन्ध राख्न थाले । गान्धी यस्ता महिला कार्यकर्ता सँगसँगै सुत्दथिए । अझ त्यसमध्ये पनि डाक्टर सुशीला नायर र गान्धी एउटै बिछ्यौनामा सुत्थे । यसरी सँगै सुत्दा गान्धी न्यानो महसुस गर्दथिए । यसबाहेक पनि डाक्टर सुशीलाले गान्धीलाई नियमित मालिस गरिदिने अनि नुहाइदिने गर्थिन् । यो प्रक्रिया कहिलेकाँही डेढ घन्टाभन्दा बढीसम्म चल्थ्यो । कहिलेकाँही गान्धी मालिस गर्दागर्दै निदाउँथे । कहिले भने गान्धी मालिसका बेलामा आप\mना निजी सचिव महादेव देसाई तथा प्यारेलाललाई बोलाएर चिठी-पत्र लेख्न लगाउँदथे । जे होस्, गान्धीको जीवन-चर्याले हिन्दुस्तान तथा हिन्दुस्तानबाहिर सधैँ नै चर्को विवाद उत्पन्न गर्‍यो । तिनताका नै गान्धीले प्रेम कण्टक भन्ने महानुभावलाई लेखेका पत्रहरू प्रकाशित भए । गान्धीले प्रेम कण्टकलाई आप\mना कामवासनाका अनुभव र संघर्षहरू बिल्कुलै नांगो र खुलस्त पाराले लेखेका रहेछन् । कण्टकले यी पत्रहरू छपाउने मनसाय गरे । गान्धीले पनि यी पत्रहरूको प्रकाशनमा कुनै आपत्ति देखेनन् । फलतः यी पत्रहरू छापिए । यी पत्रहरू छापिनासाथ भारतका अखबारमा विभिन्न टीकाटिप्पणी सुरु भयो । अक्टोबर १९३९ मा बम्बै क्रोनिकल भन्ने अखबारमा गान्धीको निजी जीवनको भण्डाफोर छापियो । त्यसपछि अरू कट्टरपन्थी हिन्दु अखबारहरू गान्धीका पछि लागे । कतिपय अखबारले गान्धीको धृष्ट कामुकताको घोर निन्दा गरे । अखबारहरूले सुशीला नायरसँगको उनको पापपूर्ण सम्बन्धको विशेष उल्लेख गरे । यस अभियानमा विदेशी अखबारहरू पनि पछि रहेनन् । कतिपय अमेरिकी पत्रकारहरूले गान्धीका अरू आइमाईसँगको सम्बन्धलाई कोट्याए । यस सम्बन्धामा मेडलिन स्लेडको चर्चा आयो । गान्धी र कुमारी मेडलिन स्लेड १९३१ मा सँगै लन्डन गएका थिए । यी अमेरिकी पत्रकारले गान्धी र स्लेडका बीच अनुचित सम्बन्ध रहेको कुरो उनीहरूले उही बेला बुझेको कुरोको संकेत दिए । अझ उनीहरूको अनुमान र कल्पनाको कुनै सिमाना नै थिएन । तर, यसबाट गान्धी किञ्चित मात्र पनि आत्तिएनन् । हरिजन उनको आप\mनो पत्रिका थियो । यी सबै आरोपहरूलाई यथावत् आफ्नो अखबारमा पुनर्मुदि्रत गरे । त्यसपछि त्यस अखबारमा गान्धीको उत्तर छापियो । गान्धीले आप\mना आलोचकलाई प्रमाण मागेर चुनौती दिए । उनले आप\mना पाठकसँग आफ्नो किसिमको संवाद कायम गरे । आप\mनाविरुद्धमा गरिएको धृणा अभिमान कट्टरपन्थी हिन्दुहरूको र खासगरी बाहुनहरूको काम हो भन्ने गान्धीको दृष्टिकोण थियो । महाराष्ट्रका बाहुनहरूको स्वामित्व र सञ्चालनमा रहेको अखबारमा गान्धीकाविरुद्ध सर्वाधिक विषबमन भएको थियो । गान्धीले यो कुरो औँल्याए । तत्पश्चात गान्धीले यस्ता आलोचनाको टेरपुच्छर नलगाउने कुरोको जानकारी दिए । एकातिर त्यस्ता कुराको निन्दा चर्कँदै थियो भने अर्कोतिर गान्धीको स्त्रीसंसर्गमा प्रयोगहरू झन्झन् घनिष्ट र अन्तरंग हुँदै गयो । विगत वर्षमा गान्धी आप\mना महिला सहकर्मीसित एउटै कोठामा सुत्दथिए । तर, तिनीहरूको बिछ्यौना फरक हुन्थ्यो । तर, यता आएर गान्धीले एउटै बिछ्यौना प्रयोग गर्न थालेका थिए । अब झन् गान्धीको प्रयोग अर्को खुट्किलोमा उक्लियो । अब गान्धीले आप\mना महिला सहकर्मीसित नांगै सुत्ने निर्णय गरे । फेबु्रअरी २२, १९४४ मा गान्धीकी पत्नीको देहान्त भयो । कदाचित् त्यसपछि नै गान्धीको नयाँ प्रयोग थालिएको हुनुपर्दछ । यकिन भन्न गाह्रो छ । अपि्रल १९४५ मा उनले यस विषयमा पत्र लेखेको पाइन्छ । बिडलालाई लेखिएको उक्त पत्रमा उनले महिला वा युवतीहरूको उल्लेख गरेका छन् । यिनीहरू गान्धीसित निर्वस्त्र सुतेका थिए । यस्ता नामहरूमा सुशीला नायर, प्रभावती, मनु गान्धी, आभा गान्धी सामेल थिए । लीलावती, राजकुमारी अमृता कौर र अरू पनि अनेकांै महिलाको उल्लेख आउँछ । यी पछिल्ला श्रेणीका आइमाईका बारेमा भने मात्रसँगै सुतेका हुन् वा नांगै सुतेका हुन् भन्न गाह्रो छ । फेरि यस किसिमको सह-शयन एउटा प्रयोगको रूपमा गरिँदै छ भन्ने जानकारी पनि सबैलाई थियो/थिएन, यकिन छैन । गान्धीका कतिपय मित्र र सहयोगीहरूले यस किसिमको क्रियाकलापको घोर विरोध गरे । उनीहरूलाई गान्धीको निर्दोषितामा शंका थिएन । गान्धीका इरादा उच्च थिए भन्ने कुरो पनि उनीहरूलाई स्वीकार थियो । तर, मानिसले कुनै पनि काम गर्दा यस कामको प्रभाव अरूका उपर के पर्छ त्यो पनि हेर्नुपर्दछ । गान्धीको देखासेखी गरेर अरूले पनि त्यस्ता प्रयोग गर्न थाल्छन् । फेरि यसै पनि सर्वसाधारण मानिस वा समाजले यस्तो कदमलाई कहिले पनि उचित मान्दैन । यस्ता कदमबाट गान्धीको लोकपि्रयता समाप्त हुने ठूलो खतरा छ, आदि-आदि । गान्धीले यी सब आलोचना सुने । तर, उनको चित्त बुझेन । गान्धीले आफूले कहिले पनि सामाजिक विधिविधानको विशेष वास्ता नगरेको कुरोप्रति उत्तरमा बताए । यसै पनि हिन्दु समाजले हरिजन वा मुसलमानलाई पटक्कै सहँदैन । तर, गान्धीका निमित्त हरिजन वा मुसलमान दुवै अत्यन्त पि्रय थिए । उहिले विद्यार्थी अवस्थामा नै स्वमूत्रपान गरेबापत उनले जातिच्यूत हुनुपरेको थियो । पछि उनले आप\mनो आश्रममा एउटी अछुत आइमाईलाई शरण दिएका थिए । हिन्दुहरू त्यसमा पनि आगो भए । तर, त्यस्ता हिन्दुसँग आफू कहिल्यै नडराएको कुरा गान्धीले सगर्व बताए । अब सेक्ससम्बन्धी आप\mनो यो महत्त्वपूर्ण प्रयोग गर्न छोड्ने कुरामा गान्धी झन् अडिग थिए । कट्टरपन्थी हिन्दुले कुरा काटे भन्दैमा गान्धी डराउनेवाला थिएनन् । हो, आप\mना निकटस्थ सहयोगीको भावनाका बारे सोच्न गान्धी तयार थिए । त्यसैले गान्धीले तत्कालका लागि आप\mनो प्रयोग स्थगन गरे । तर, केही समयको पुनर्विचारपछि गान्धी फेरि आफ्नो पुरानो निष्कर्षमा पुगेको देखिन्छ । मार्च १९४५ मा गान्धीले मुन्नालाल साहलाई पत्र लेख्दा तलको कुरा लेखे- 'म जे छु, मलाई समाजले यसो भन्छ, उसो भन्छ भनेर सम्झाउँने कोसिस गर्नु बेकार छ ।' क्रमश.....

साभार : नया पत्रिका