0

गजल


यती लामो यात्रा पछी छुट्टीनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ


आँफैसित जिन्दगीमा लटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ



त्यो रमाइलो यात्रा अनी रंगिन जीवन रंगिन संसार भनेउ तर


मन भित्र मनैवाट चुटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ



प्रेम, हाँसो, खुशी र चारैतिर मेरै मात्र प्रतिबिम्ब देखायौ तर


आफ्नै छायाँ सँग आँफै मेटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ



संगै बिताउला जिन्दगानी संगै तरौँला त्यो लामो नदी भनेउ तर


बिछोडको कराइमा भुटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ