मेरि आमा, खै के लेखुँ?
केवल घाउहरु छन्
चोटहरु र व्यथाहरु छन्
र छ यो शुन्य जिवन
शान्त छैन वतावरण
चारैतिर चिच्चाहट र कोलाहाल मात्रै छ
भोकाहरु कराइरहेछन्
नाङ्गाहरु बौलाइरहेछन
तर यो दुनिया केवल हेरिरहन्छ
तिनै शोषित पिडितहरुको खिल्लि उडाउँछ
न विचार छ कसैसित न विवेक
न भावना छ न संवेदना
म यो शहरको विचमा उभिएर सोध्न चाहान्थेँ
"तिमिहरु मानिसहरु हौ वा कुनै निर्दयि जिवको अवतार?"
"यि मानव वस्तिहरु हुन् वा चिच्चाहट लाग्दा भुत बङ्गला?"
तर मलाइ थाहा छ आमा
मलाइ थाहा छ तिनिहरु थप्पडि बजाएर हाँस्नेछन्
र फेरि एकपटक मेरो स्वाभिमानको हत्या गर्नेछन्
त्यसैले म असमर्थ छु आमा
म यो दुनियाँसित कुनै टकराव मोल्न सक्दिन
निरिह छु निर्लज्ज छु आफैसित
रक्ताम्यै छ शहर विद्रोहका राता झन्डाहरुले
टुँडिखेलमा लाम छ अधिकार माग्नेहरुको
सँग सँगै एउटा बिडम्बना पनि छ
न स्थायि सरकार छ देशमा न कानुन
न शान्ति छ न सुरक्षा
कटवाल फेरि बौलायो
तिमिले सुन्यौ होलि
राम वरणले रावणको औतार फेर्यो
र तिमिले चुनेका प्रतिनिधिहरु
सरकारवाट गलत्याइए 'प्रभु'हरुका आदेशमा
तैपनि यो स्वतन्त्र देश रे आमा
यो स्वाधिन देश रे
जहाँ जननिर्वाचित सरकारले मन्दिरमा
पुजारि फेर्न पनि पाउदैन
यो स्वतन्त्र देश रे आमा
जहाँ अन्तैको रिमोटवाट नेताहरु चल्छन्
र कठपुतलिहरु देशमा प्रधानमन्तृ बन्छन्
यस्तै छ आमा
यस्तै छ देश यस्तै छ शहर
बाग्मतिमा पानि हैन ढल बग्छ
सडकमा फोहोरका दुर्गन्ध
हावामा अक्सिजनको सट्टा धुलोका कणहरु तैरन्छन्
न धारामा पानि छ न कोठामा बत्ति
यो रातको अँधेरिमा
तिमिलाइ चिठ्ठि लेख्दाको बखत
अघाडि टुकिमा मट्टितेल सकिनै लागेको छ
मेरि आमा, के लेखौ खै
गाँउवाट डाक्टर बन्न हिँडेको छोरो
देश सँगै बिरामि छ
के लेख्नु आमा? के लेख्नु खै
मेरो जिवन र यो शहर
उस्तै छ उदास - उदास
Sunday, September 6, 2009
आमालाई चिठ्ठि
Subscribe to:
Post Comments (Atom)
0 प्रतिकृयाहरु:
Post a Comment