हरेक जाडोहरु इतिहाँसका
तिम्रा लागी अभिषाप थिएनन कहिल्यै
तिमीले आगो बाल्न सकेनौ
त्यसैले जाडो
मंसिर नलाग्दै भितृयो तिम्रो आँगनमा
हो, तिमीले आगो बाल्न सकेनौ
त्यसैले त लगलागि काँपेरै बितायौ
जीवनका कयौँ हिउँदहरुलाई
कतिण्जेल पुर्पुरोलाई अभागी भन्ने ?
कतिण्जेल निरिह ठान्ने आफैलाई ?
समयका अनगिन्ती हिउँदहरु
अझै बाँकी छन भाई
अब पनि तिम्रा चाउरिएका गालाहरु
लगलागि काँपेर हाँस्न सक्दैनन
त्यसैले फुटाइदेउ संकोचका वादलहरुलाई
र, फ्या“किदेउ तिम्रो कातरता
बरु झोसिदेउ आफ्नै टाउकामा आगो
बरु सल्काइदेउ आफ्नै छातिमा आगो
तर आगोदेखि कहिल्यै डराउनु हु“दैन
किनकि
आगो विजय हो
आगो मुक्ति हो
आगो परिवर्तन हो
र, तिम्रालागी आगो
इतिहा“सका एकएक धोका विरुद्धको बदला पनि हो ।
यो प्राकृतिक नियम हो
यहा“ फुत्किएका एकएक समयहरु
तिमिसित कहिल्यै हिसाब माग्न आउने छैनन
एकपटक बिगतलाई सम्झेर हेर
परारसाल खोक्दा खोक्दै बा मरे
पोहोर ठण्डिमा काम्दा काम्दै आमा मरिन
र, अझै तिमि आगोसित डरायौ भने............
यि चाउरिएका गालाहरु सँगै
यि दबिएका आँखा र हरिया दाँतहरु सँगै
यो ख्याउटे शरिर पनि मर्ने छ एकदिन
र, तिमि फगत लाश हुनेछौ
त्यतिबेला तिनिहरुले
तिम्रै शरिरमा आगो बाल्नेछन
ति फटाहाहरुले
ति सामन्तिहरुले
तिमिलाई केवल दाउरा बनाएर ताप्नेछन
त्यसैले विकल्पहरु रोज
तिमि आगो बाल्न चाहान्छौ
कि खरानी बन्न चाहान्छौ ?
सोच र फैसला गर ।
जाडो, आगो र भविष्य
World's Most Extreme Bodybuilders
Gregg Valentino: World's Biggest Biceps

Markus Rühl: some of the biggest shoulders in history

Johnnie O. Jackson: notable powerlifter

Lou Ferrigno: the Incredible Hulk

Ronnie Coleman: eight straight wins as Mr. Olympia

Arnold Schwarzenegger: youngest Mr. Universe at age 20, then won Mr. Olympia seven times
गजल
आफै पनि खै अब त हराए झै लाग्छ
हृदय भित्र हृदय तिम्रो पुरानो झै लाग्छ
आँखै आघि तिम्रो तस्विर पोतिएर आए पनि
आँखा आँखा जोड्ने इच्छा सेलाए झै लाग्छ
विरहका गित सँगै आँशु तिम्रा पग्लेपनि
कोलाज गजल लेख्ने मुटु भत्किए झै लाग्छ
हृदय मन्दिर् हृदय सँगै वस्ने रहर पोखे पनि
हृदय-हृदय जोड्ने रहर ओइलाए झै लाग्छ
आमालाई चिठ्ठि
मेरि आमा, खै के लेखुँ?
केवल घाउहरु छन्
चोटहरु र व्यथाहरु छन्
र छ यो शुन्य जिवन
शान्त छैन वतावरण
चारैतिर चिच्चाहट र कोलाहाल मात्रै छ
भोकाहरु कराइरहेछन्
नाङ्गाहरु बौलाइरहेछन
तर यो दुनिया केवल हेरिरहन्छ
तिनै शोषित पिडितहरुको खिल्लि उडाउँछ
न विचार छ कसैसित न विवेक
न भावना छ न संवेदना
म यो शहरको विचमा उभिएर सोध्न चाहान्थेँ
"तिमिहरु मानिसहरु हौ वा कुनै निर्दयि जिवको अवतार?"
"यि मानव वस्तिहरु हुन् वा चिच्चाहट लाग्दा भुत बङ्गला?"
तर मलाइ थाहा छ आमा
मलाइ थाहा छ तिनिहरु थप्पडि बजाएर हाँस्नेछन्
र फेरि एकपटक मेरो स्वाभिमानको हत्या गर्नेछन्
त्यसैले म असमर्थ छु आमा
म यो दुनियाँसित कुनै टकराव मोल्न सक्दिन
निरिह छु निर्लज्ज छु आफैसित
रक्ताम्यै छ शहर विद्रोहका राता झन्डाहरुले
टुँडिखेलमा लाम छ अधिकार माग्नेहरुको
सँग सँगै एउटा बिडम्बना पनि छ
न स्थायि सरकार छ देशमा न कानुन
न शान्ति छ न सुरक्षा
कटवाल फेरि बौलायो
तिमिले सुन्यौ होलि
राम वरणले रावणको औतार फेर्यो
र तिमिले चुनेका प्रतिनिधिहरु
सरकारवाट गलत्याइए 'प्रभु'हरुका आदेशमा
तैपनि यो स्वतन्त्र देश रे आमा
यो स्वाधिन देश रे
जहाँ जननिर्वाचित सरकारले मन्दिरमा
पुजारि फेर्न पनि पाउदैन
यो स्वतन्त्र देश रे आमा
जहाँ अन्तैको रिमोटवाट नेताहरु चल्छन्
र कठपुतलिहरु देशमा प्रधानमन्तृ बन्छन्
यस्तै छ आमा
यस्तै छ देश यस्तै छ शहर
बाग्मतिमा पानि हैन ढल बग्छ
सडकमा फोहोरका दुर्गन्ध
हावामा अक्सिजनको सट्टा धुलोका कणहरु तैरन्छन्
न धारामा पानि छ न कोठामा बत्ति
यो रातको अँधेरिमा
तिमिलाइ चिठ्ठि लेख्दाको बखत
अघाडि टुकिमा मट्टितेल सकिनै लागेको छ
मेरि आमा, के लेखौ खै
गाँउवाट डाक्टर बन्न हिँडेको छोरो
देश सँगै बिरामि छ
के लेख्नु आमा? के लेख्नु खै
मेरो जिवन र यो शहर
उस्तै छ उदास - उदास
गजल
यती लामो यात्रा पछी छुट्टीनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ
आँफैसित जिन्दगीमा लटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ
त्यो रमाइलो यात्रा अनी रंगिन जीवन रंगिन संसार भनेउ तर
मन भित्र मनैवाट चुटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ
प्रेम, हाँसो, खुशी र चारैतिर मेरै मात्र प्रतिबिम्ब देखायौ तर
आफ्नै छायाँ सँग आँफै मेटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ
संगै बिताउला जिन्दगानी संगै तरौँला त्यो लामो नदी भनेउ तर
बिछोडको कराइमा भुटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ














































