हरेक जाडोहरु इतिहाँसका
तिम्रा लागी अभिषाप थिएनन कहिल्यै
तिमीले आगो बाल्न सकेनौ
त्यसैले जाडो
मंसिर नलाग्दै भितृयो तिम्रो आँगनमा
हो, तिमीले आगो बाल्न सकेनौ
त्यसैले त लगलागि काँपेरै बितायौ
जीवनका कयौँ हिउँदहरुलाई
कतिण्जेल पुर्पुरोलाई अभागी भन्ने ?
कतिण्जेल निरिह ठान्ने आफैलाई ?
समयका अनगिन्ती हिउँदहरु
अझै बाँकी छन भाई
अब पनि तिम्रा चाउरिएका गालाहरु
लगलागि काँपेर हाँस्न सक्दैनन
त्यसैले फुटाइदेउ संकोचका वादलहरुलाई
र, फ्या“किदेउ तिम्रो कातरता
बरु झोसिदेउ आफ्नै टाउकामा आगो
बरु सल्काइदेउ आफ्नै छातिमा आगो
तर आगोदेखि कहिल्यै डराउनु हु“दैन
किनकि
आगो विजय हो
आगो मुक्ति हो
आगो परिवर्तन हो
र, तिम्रालागी आगो
इतिहा“सका एकएक धोका विरुद्धको बदला पनि हो ।
यो प्राकृतिक नियम हो
यहा“ फुत्किएका एकएक समयहरु
तिमिसित कहिल्यै हिसाब माग्न आउने छैनन
एकपटक बिगतलाई सम्झेर हेर
परारसाल खोक्दा खोक्दै बा मरे
पोहोर ठण्डिमा काम्दा काम्दै आमा मरिन
र, अझै तिमि आगोसित डरायौ भने............
यि चाउरिएका गालाहरु सँगै
यि दबिएका आँखा र हरिया दाँतहरु सँगै
यो ख्याउटे शरिर पनि मर्ने छ एकदिन
र, तिमि फगत लाश हुनेछौ
त्यतिबेला तिनिहरुले
तिम्रै शरिरमा आगो बाल्नेछन
ति फटाहाहरुले
ति सामन्तिहरुले
तिमिलाई केवल दाउरा बनाएर ताप्नेछन
त्यसैले विकल्पहरु रोज
तिमि आगो बाल्न चाहान्छौ
कि खरानी बन्न चाहान्छौ ?
सोच र फैसला गर ।
Friday, December 25, 2009
जाडो, आगो र भविष्य
Subscribe to:
Post Comments (Atom)
0 प्रतिकृयाहरु:
Post a Comment