Sunday, September 6, 2009

गजल

जिउदै पनि मरे जस्तो लास भयो जिन्दगि
निल्दा निल्दै अडकिएको गास भयो जिन्दगि

तिमिलाइ पर्खिएर बाटो हेर्दा हेर्दै थाकेँ
आइनौ तिमि त्यसैले त उदास भयो जिन्दगि

छैन हाँसो छैन खुशि रित्तिएछन मुस्कानपनि
पिडाहरु थुप्रिएर रास भयो जिन्दगि

जल्दा रैछन लक्ष्यपनि मुटु भत्किगएपछि
तिमिबिना एकान्तको बास भयो जिन्दगि

0 प्रतिकृयाहरु:

Post a Comment